• को बन्दै छन् मिस चितवन २०१७ ? आज हुँदैछ फाईनल प्रतिस्पर्धा

    को बन्दै छन् मिस चितवन २०१७ ? आज हुँदैछ फाईनल प्रतिस्पर्धा

    सन् २०१३ पछि हुन लागेको सुन्दरी प्रतियोगिता ‘तेस्रो शालिमार मिस चितवन–२०१७’ को ताज कसले लगाउछ भन्नेमा सबै उत्सुक छन् । यो उत्सुकता मेटिन अब धेरै समय छैन् ।

    प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आज अपरान्ह नारायणगढमा हुँदैछ । ३ बजेबाट होटेल सेन्ट्रल पाममा हुने फाईनल प्रतिस्पर्धाबाट २७ प्रतिस्पर्धीलाई पछि पार्दै एक युवतीले पहिरिने छिन् शालिमार मिस चितवन–२०१७ को ताज । ब्राइट नेपालको आयोजनामा हुन लागेको मिस चितवनमा २८ जना किशोरीले भाग लिएका छन् । प्रतियोगिताको फाईनल प्रतिस्पर्धा हुनुअघि उनीहरुलाई एक महिना भन्दा बढि समय प्रशिक्षण गराइएको थियो ।
    शालिमार मिस चितवनको उपाधी जित्नेले आगामी मिस नेपालमा वाइल्ड कार्ड पाउने छिन् भने एउटा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाउने आयोजकले जनाएको छ ।

    आफ्नो प्रतिकृया दिनुहोस

Leave a reply

Cancel reply