• मिस चितवनको अडीसन यही शनिबार माघ २२ गते हुने

    मिस चितवनको अडीसन यही शनिबार माघ २२ गते हुने

    मिस चितवनको तेस्रो संस्करणका लागि प्रतिभाको खोजी गर्न माघ २२ गते अडीसन हुने भएको छ । ब्राइट नेपालको आयोजना तथा बी–युनिटको सहकार्यमा मिस चितवन २०१७ हुन लागेको हो ।

    पुल्चोक स्थित होटेल मनास्लुको सभाहलमा अडीसन हुनेछ । अडीसनबाट दोस्रो राउण्डका लागि २५ जना छनौट गरिने ब्राइट नेपाल डटकमका प्रमुख कार्यकारि अधिकृत निमा भुषालले जानकारि दिए ।
    मिस चितवनमा सहभागि हुन प्लस टु उर्तिण गरेको वा सो सरह हुनुपर्नेछ । दोस्रो चरणमा छानिने प्रतिस्पर्धिलाई एक महिनासम्म सजावट, नेतृत्व विकास लगायतका तालिम दिइने कार्यक्रम संयोजक गौरबबाबु ढकालले जानकारि दिए ।

    मिस चितवनको उपाधिसँगै स्कुटर, म्युजिक भिडीयोमा काम गर्ने अवसर लगायतका थुप्रै अवसर पाउनेछन् । मिस चितवनमा उल्लेख्य सहभागिता गराउन कलेज क्याम्पीङ समेत गरिसकिएको उनले बताए । यसअघि तीन वर्ष अघि गरिएको पहिलो मिस चितवनको उपाधि रत्ननगरकी सितोष्मा वनले जितेकी थिइन् । प्रतियोगिता अन्र्तगत मसि ट्यालेण्ट, मिस व्युटिफुल हेयर स्टाइल, वेष्ट स्किन, वेष्ट स्माइल, वेष्ट फे्रण्डसीप, वेष्ट पर्सनालिटि, वेष्ट फिगर, वेष्ट ड्रेस, पपुलर च्वाइस, मिस फोटोजेनिक, मिस क्याटवाक, मिस स्टाइलिस, मिस मल्टीमिडीया, मिस डिसीप्लिन् लगायतका विधामा उत्कृष्ट छनौट गरिनेछ ।

    यो पाली मिस चितवन तेस्रो संस्करण हो । मिस चितवन बिजेताले मिस नेपालमा सिधा सहभागिता जनाउन पाउनेछिन भने एउटा स्कूटर  र अन्य धेरै नगद पुरस्कार समेत पाउनेछिन ।

    मिस चितवन बारे थप जानकारी का लागि 9855082807,9821238404, 9845113340, 9841059911
    http://facebook.com/brightnepal 

    #misschitwan2017 #misschitwan # Miss Chitwan 2017

    आफ्नो प्रतिकृया दिनुहोस

Leave a reply

Cancel reply