• मिस चितवनमा प्रतिभा

    मिस चितवनमा प्रतिभा

    त्यहि नारीको कोखबाट जन्मेको पुरुष आपनो सन्तानको रुपममा छोरी जन्मदा किन खुशि हुदैनन् ? किन ? यो प्रश्न गर्दै, विरेन्द्र क्याम्पस जेनेरल वाइलोजी स्नातक दोन्रो वर्षमा  अध्यनरत सुमन गुरुङले आपनो प्रतिभा देखाउने प्रयास गरिन् ।

    विगत १ महिना देखि चितवनमा सालीमार मिस चितवन प्रतियोगीता २०१७ का  लागि विभिन्न कार्यक्रमहरु भइरहेको छ । सो प्रतियोगीता कै क्रममा  सहभागी २८ प्रतियोगीले आफु भित्र भएका प्रतिभा हरतरहले वाहिर देखाउने प्रयास गरे ।

    सोहि प्रतियोगीतामा सहभागी सुमनले आफुलाई मनपर्ने अभियनकला प्रस्तुत गरिन् । अभियनकला प्स्तुत गर्ने क्रममा उनले छोरीको रुपमा सन्ताललाई अझै स्विर्कान नसकको हाम्रो समाजीक परिवेशलाई देखाउने प्रयास गरिन् ।

    जब सुर्य उदाँउछ
    अस्ताउछ मेरो स्वाभिमान
    चल्छ दिनर्चया उस्तै गरि
    थिचिएर, च्यापीएर, गुम्सिएर
    कुनै युगिन गन्त्वयको आसमा
    एउटा छुटै ससंसारमा
    जहाँ नारी घर वाहिर पनि हुन्छन् जहाँ छोरी जन्माउदा आमा खुशी हुन सक्छे र खुशी हुन्छ सारा समाज यो कविताको अंश सुनाउदै प्रतियोगीतामा नै सहभागी  सिमरन ढकाल आफु भित्रको कवित्व वाहिर ल्याउने प्रयास गरिन् ।

    अर्का प्रतियोगी मिस चितवनको ताज लगाउने रहर सजाएकी निशु श्रेष्ठले पनि इन्देणीको सातै रङ  अरुको नङ मा भरेर नेल आर्टको आपनो कला देखाइन् । उता सहभागी उरुसा अधिकारी भने मोवाइल फोनको लत बारे समसामयीक विषयमा आपनो वाककला देखाइन् ।

    प्रतियोगीता मा सहभागी कसैलै नृत्य प्रस्तुत गरेका थिए भने कसैल  गीत गाए त कसैले अभियन ,भाषणकला र कवितामा आपनो लुकेको क्षमता प्रस्तुत गरे,  ‘तेस्रो मिस चितवन–२०१७’ को फाइनल  पूर्व सन्धयामा आयोजीत सो टेलेन्ट सो प्रतियोगीतामा ।

    ब्राइट नेपालको आयोजनामा भएको  उक्त प्रतियोगीताका संयोजक गौरववावु ढकालले विशेषगरि  युवा  लक्षित यस्ता प्रतियोगीताले उनीहरुको व्यक्तित्वका साथै अवसरको खोजी गर्न सहयोग पुग्ने बताए । संयोजक ढकालले विगतको मिस चितवनमा सहभागीहरुको भुमिका समाजका हर क्षेत्रमा उल्लेखनिय रहेको उदारहण दिदै भने ‘यो प्रतियोगीताले प्रतियोगीहरुको प्रतिभाको प्रस्फुटन गराउन अवश्य सहयोग पुगेको छ’ ।

    व्राइट नेपालको प्रबन्ध निर्देशक सुनिल श्रेष्ठले थपे‘यस्ता  प्रतियोगीताले प्रतियोगीका साथसार्थै  अन्य अप्रतियोगीहरुमा मा पनि आत्मविश्वास बढाउन ,सहयोग पुगेको हाम्रो अनुभव छ’ , उद्योग वाणिज्य संघको सभाहल नारायणगढमा भएको सो प्रतियोगीतमा  सहभागीहरुको प्रतिभाको मुल्याङ्न गर्न सरस्वती रिजाल, टंकनाथ पौडेल, राजन गौतम र रोशन घिमिरे निर्णायकको रुपमा रहेका थिए ।

    महिलालाई शसक्त बनाउने प्रतियोगिताको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । । सहभागीहरुलाई फागुन १ गतेदेखि व्यक्तित्व विकास लगायत विभिन्न तालिमहरु दिन सुरु गरिएको हो । कोरीयोग्राफर  सन्जीत श्रेष्ठले  १ महिनाको अवधिमा सहभागीले अत्यन्तै राम्रो गरेको बताए  ।

    प्रतियोगीतामा १८ वर्ष देखि २२ उमेरसमुहकाहरुलाई सहभागी गराएको आयोजक मध्यैकै अनिस तमागंले जानकारी दिए  । मिस चितवनको उपाधी जित्नेले आगामी मिस नेपालमा वाइल्ड कार्ड पाउने छिन् भने एउटा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाउने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको फाइनल भोली एक भव्य कार्यक्रमका विच भोली चैत ११ गते साझँ सम्पन्न गर्न लागेको प्रतियोगीताका प्रशिक्षक चन्दन अग्रवालले बताए । प्रतियोगीतामा सहभागी नमुना कार्कीले मिस चितवनको टाइटल जिते पनि नजिते पनि प्रतियोगीताले आफुमा आत्मविश्वास बढाएको बताए जस्तै समाजमा यस्ता प्रतियोगीताहरु भइरखे अवसर र सम्भावनाको खोजी गर्न युवापुस्तालाई सहयोग पुग्नेछ  ।

    Source  : Shreejana Aryal, News Abhiyan 

    आफ्नो प्रतिकृया दिनुहोस

Leave a reply

Cancel reply