• ‘शालिमार मिस चितवन–२०१७’ बिजेताहरु को नावावली

    ‘शालिमार मिस चितवन–२०१७’ बिजेताहरु को नावावली

    Miss Chitwan 2017 Winner

    ‘तेस्रो शालिमार मिस चितवन–२०१७’ को ताज रामनगरकी सुमन गुरुङले जितेकी छिन् । आज शुक्रबार राती होटेल सेन्ट्रल पाम नारायणगढमा भएको फाईनलमा प्रतिस्पर्धामा २७ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगि नम्बर ६ रहेकी सुमनले ताज जितेकी हुन् । उनी उपाधिसंगै सिधै वाईल्ड कार्ड मार्फत मिस नेपाल–२०१७ मा सहभागि हुन पाउने छिन् । यस्तै मिस चितवन सुमनले एउटा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाएकी छिन् । सुमनलाई मिस नेपाल–२०१६ अस्मी श्रेष्ठले ताज लगाई दिइन् ।

    यस्तै प्रतियोगितामा सि. एम. यस मा बि. एस. सि नर्सिङ अध्ययनरत मनिषा भट्टराई फष्ट रनरअप, गैंडाकोट घर भै बोस्टन कलेजमा बिबीए ७ अौं सेमेस्टरमा अध्ययनरत स्वेक्षा शर्मा सेकेण्ड रनरअप, सुजिता न्यौपाने तर्ड रनरअप र उरुषा अधिकारी फोर्थ रनरअप भईन् ।
    ब्राइट नेपालको आयोजनामा भएको मिस चितवनमा २८ जना किशोरीले भाग लिएका थिए । यस्तै प्रतियोगितामा विभिन्न विद्यामा अवार्ड समेत प्रदान गरिएको छ ।

    अवार्ड प्राप्त गर्ने प्रतियोगिहरुको नाम निम्न अनुसारको छः
    १. बेष्ट पर्फमेन्स अवार्डः मनिषा अधिकारी
    २. बेष्ट स्किन अवार्डः मनिषा भट्टराई
    ३. बेष्ट फिगर अवार्डः निशा चौधरी
    ४. पपुलर चोईस अवार्डः नमुना कार्की
    ५. बेष्ट ड्रेस अवार्डः बिनिता लुईटेल
    ६. मिस कोजेन्ट अवार्डः रजिना बिसुराल
    ७. बेष्ट स्माईलः सुजिता न्यौपाने
    ८. बेष्ट वाक अवार्डः इरुविन केसी
    ९. मिस ट्यालेन्ट अवार्डः सोनम तामाङ
    १०. बेष्ट फ्रेन्डसिप अवार्डः सम्पदा पिया
    ११. मिस फोटोजेनिक अवार्डः इरुविन केसी
    १२. मिस पर्सनालिटि अवार्डः सुमन गुरुङ
    १३. मिस मल्टिमिडिया अवार्डः निशु श्रेष्ठ
    १४. मिस बेष्ट हेयर अवार्डः मनिषा अधिकारी

    यसअघि सन् २०१३ मा भएको दोस्रो शालिमार मिस चितवनको ताज रत्ननगरकी सितोष्ना बनले जितेकी थिईन् । उनी मिस नेपालमा सहभागि भई एउटा अवार्ड समेत जित्न सफल भएकी थिईन् ।

    Winners of Miss Chitwan 2017
    Miss Chitwan 2017 Winner is Miss Suman Gurung.
    First Runner up – Miss Manisha Bhattarai
    Second Runner up – Miss Swekshya Sharma
    Third Runner up- Miss Sujita Neupane
    Fourth Runner up- Urusha Adhikari

    आफ्नो प्रतिकृया दिनुहोस

Leave a reply

Cancel reply